संक्षिप्त परिचय

जिल्ला विकास समितिको कार्यालय स्थानीय विकासको लागि जिल्लास्तरीय मुख्य राजनीतिक एवं प्रशासनिक कार्यालय हो।राणा कालमा माल अड्डादेखि गौडा,गोश्वाराको  कार्यालय समेत रहेको थियो।स्थानीय विकासको लागि छुट्टै स्वशासित संस्थाको रुपमा विकास गर्दै जाने सरकारको नीति अनुरुप २०१८ साल अघिसम्म ३५ वटा तहशील (जिल्ला) मध्य पहाडका २३ जिल्ला भित्र पूर्व २ नं क्षेत्र रामेछाप लगायत दोलखा र सिन्धुली समेतको संयुक्त प्रशासनिक अड्डा रामेछाप डाँडामा राखिएको थियो।

२०१८ सालमा ७५ जिल्ला विभाजनपछि हालको भू-आकारमा आएको रामेछापको राजनीतिक तथा प्रशासनिक इकाइको नाम रामेछाप जिल्ला पंचायत रहन गएको थियो।तत्पश्चात समय समयमा प्रशासनिक संजालको फैलावट तथा संकुचन हुने क्रममा कहिले जिल्ला पंचायत त कहिले जिल्ला पंचायत सचिवालयको नाममा परिचित हुँदै २०४८ पछि जिल्ला विकास समिति नामाकरण भयो।

२०४८ सालमा नँया एेन आएपछि जिल्ला विकास समिति तर्फ सभापति,उपसभापति लगायत ११ जना इलाका सदस्यहरु रहने व्यवस्था गरिएकिमा २०५५ देखि २ जना मनोनीत सदस्य हुने  व्यवस्था भए बमोजिम १३ जनाको  जिल्ला विकास समिति रहेको छ।जिल्लामा अर्को स्थानीय निकायको रुपमा रहेको गा.वि.स. संख्या ४५ छ र २  नगरपालिकागरु छन् भने प्रशासनिक संगठनको प्रमुख स्थानीय विकास अधिकारी(जि.वि.स सचिव) रहने व्यवस्था छ।


Skip to toolbar